बाढी पीडितलाई दलित संजालको सहयोग

Image may contain: 10 people, indoor

पीबि दियाली

इटहरी : देशबिदेशमा रहेपनि इण्टरनेट सर्भरको माध्यमबाट सम्पर्कमा आई दलित एकता संजाल अन्तरराष्ट्रिय समिती (आईसीसी) नामको संस्था बनाएर नेपाल लगायतका देशमा दुखिपिडितहरुलाई सहायता र अधिकार प्राप्तीको सवालमा काम गर्दै आएका सचेत नेपाली दलित (शिल्पी) यूवाहरुको पहलमा इटहरीका बाढी पीडितहरुलाई आज राहत बितरण कार्यक्रम गरिएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं १०को शिबनारायण टोलमा बुढीखोलाको बाडीले गर्दा प्रभाबित दुई हजार बढी जनसंख्यामा रहेका जनताको झण्डै १ सय घर टहरामा क्षेती तुल्याएपछि महिना दिनबाट अब्यबस्थित ढंगले बस्न बाध्ये जनतालाई आधारभूत आबाश्यक्ता पूर्तिको काम दाता संस्थाहरुबाट हुंदै आएको छ ।

खोला किनारमा छाप्रो हालेर जनबनी गर्दै जीबिका चलाउने गरेका जनताको घरमा गत साउन २७ गते बाढी पसेर आहत बनाएको थियो । सकारले मृत्यू भएका परिवारका सदस्यलाई आर्थिक सहयोग १० लाख दिने र घरबार बिहीनलाई त्यसै किसिमको आर्थिक तथा भौतिक साधनस्रोत अनि तत्कालीन राहत सहायता गर्ने भने पनि कुनै उपलब्धी प्राप्त गर्न नपाएका पीडितलाई सामाजिक संघ संस्था र ब्यक्ति बिषेशको पहलमा गैरसरकारी तवरबाट राहत सामाग्रि प्रदान गरिदै आएको छ ।

नगरक्षेत्रमा सकृय ब्यपारी,संघसंस्था लगायतको पहलमा बाढीपिडीतलाई केही राहत तथा उद्धारका कार्यहरु जारी छन । दीर्घकालीन समस्या समाधानमा नगर तथा सरकारले केही सोचबिचार गर्दै रहेपनि तत्कालीन आबाश्यक्ता पूर्तिमा दयालु दाताहरुकै भर परेर बाढीपीडितहरु बसिरहेको तर्फ सबैको ध्यान गएको छ । आईसीसि तथा एनसीसीमा आबद्ध दलित यूवाहरुले राजधानीमा रहेको नेपोलीयन ट्रेकिङ नामक पर्यटन ब्यबसायी सुरज अधिकारी मार्फत फ्रान्सकी नागरिक भालेरी जनोभेज पनि राहत बितरण कार्यमा सहभागी भएकी थिईन ।

स्टाफ नर्स समेत रहेर काम गदै आएकी जनोभेजले नेपालका हिमाली क्षेत्रका केही स्कूलहरुमा पढने छात्रछात्रलाई सबै किसिमको सहयोग तथा भवन निर्माणमा आर्थिक सहयोग पुरयाउंदै आएको सुरज अधिकारीले बताउनु भयो । राहत बितरण कार्यमा पनि उनकै महत्वपूर्ण भूमिका रहेको अधिकारीको भनाई छ । संजालसंग सहकार्य गर्ने क्रममा त्यस क्षेत्रका बाढीपीडितको लागि खाध्यन्न सामाग्रि बितरण गर्न पाएकोमा सुरज अधिकारीले खुशि ब्यक्त गरे । आईसिसीका अध्यक्ष बिष्णुसागर धमलाले पिडितको दुखमा साथ दिन सहयोग गर्ने संजालका सबै मित्रहरुलाई धन्यवाद दिए ।

आइसिसिकी कोषध्यक्ष कमला नेपालीले दुख्खको बेलमा पीडितलाई सामाजिक ढंगले सेवा दिन साथ दिने दाता महानुभावको कारण इटहरीका बाढी पिडितलाई भेटने मौका मिलेको बताए । पत्रकार पिबी दियालीले संचालन गर्नु भएको कार्यक्रममा बाढीपीडित राहत संकलन समितिका अध्यक्ष राजकुमार गूरुङ, समाजसेवी पदम अधिकारी लगायतले बाडीपडितलाई छिटो भन्दा छिटो पुनरवास गराउने काममा सरकारको ध्यानाकार्षण गरेका थिए ।

कार्यक्रममा आईसीसीका कोषाध्यक्ष माधव शिवा, उपसंयोजक पदम नेपाली, एनसीसीका सचिव दुर्गा नेपाली, सुनसरी सचिव सिता रसाइली, आइसीसीका प्रबक्ता श्याम नेपाली, एनसीसी मोरङ सदस्य प्रमिला बिक, कतार संजाल कोषाध्यक्ष सुवास परियार, एनसीसी सुनसरीका अध्यक्ष नैन बिक, पत्रकार भरत भटटराई, स्वास्थ्यकर्मीहरु शान्ती गजमेर,सुरज शंकर, संजालका सदस्य तथा शिल्पी अभियान्ता भक्त बिक लगायतका महानुभावहरुको उपस्थितीमा चामल, दाल, नून, तेल, चिउरा, सावन, बिष्कुट, सोयाविन लगायतका खाध्य सामाग्रि घर लौरी बितरण गरिएको छ ।

संजालको राहत सहयोगले त्यस ठाउंका जनातालाई हर्षित तुल्याएकोमा त्यस टोलका अध्यक्ष तथा राहत ब्यबस्थापन समितीका संयोजक राजकुमार गुरुङले धन्यबाद दिंदै दाता संस्थाका प्रतिनीधिहरुलाई खदा लगाएर सम्मान गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार