मापसे गर्ने प्रअ प्रहरीको नियन्त्रणमा

Image result for पक्राउ

सुजता सुनुवार

इलाम : मादक पदार्थ सेवन गरी विद्यालय आउने एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्याालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई मापसे गरी विद्यालय आएको आरोपमा पक्राउ गरिएको हो । श्रेष्ठलाई जिर्मले प्रहरीचौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

हरेक समय मादक पदार्थ सेवन गर्ने ति प्रधानाध्यपकलाई पटक–पटक चेतावनी दिँदा समेत नसुध्रिएपछि बुधबार उनलाई मादक पदार्थ सेवन गरी विद्यालयमा आएको बखत प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले अत्याधिक मदिरा सेवन गरेर विद्यालय नै दुर्गन्धित हुने गरी विद्यालय आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार उनी खुट्टै नटेक्ने गरी विद्यालय आएका थिए ।

यता जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत डम्बर सुवेदीले विद्यालयको प्रअलाई विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार कारवाही हुने बताए । बर्खास्त नैं गर्ने अधिकार भने क्षेत्रीय शिक्षा निर्देशनालयलाई हुने समेत बताए ।

मादक पदार्थ सेवनको कारवाही भने प्रहरीले कानुन अनुसार नैं गर्दछ । असोज १ गते हुने अभिभावक भेलाले थप निणर्य गरी के गर्ने भन्ने निचोडमा पुग्ने विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार