माङसेवुङका ३ दर्जन बढि घर पहिरोको जोखिममा

जीवन लिम्बू

इलाम : इलामको माङसेवुङ गाउँपालिका ३ भञ्ज्याङमा गएराती परेको अविरल वर्षाका कारण ३० घर भन्दा वढि पहिरोको जोखिममा परेका छन् ।

स्थानिय अनिता लावती, राजेन्द्र खजुम, लाल बहादुर लिम्बू, दिल कुमार नेम्वाङ, डिग बहादुर लिम्बू, राजेन्द्र आङदेम्वे, धनपति कुरुम्वाङ, देउ कुमार राई, देउ कुमार आङदेम्वे, कम्बर चेम्जोङ लगायत अन्दाजी ३०/४० घरको सेफ्टी वाल पहिरोले वगाए पछि उक्त घरहरु पहिरोको उच्च जोखिममा रहेको प्रहरी चौकी वाझोले जनाएको छ ।

पहिरोकै कारण माङसेवुङ ३ कै घर्तीदोभानका स्थानिय हर्क साम्बाको पक्कि सौचालय पनि वगाएको छ । लगातारको वर्षाले गर्दा पानीको भल काट्न नपाउदा पहिरो गएको हुन सक्ने र पहिरोबाट मानविय क्षति भने अहिलेसम्म नभएको गाउँपालिका उपाध्यक्ष सुनिता योङहाङले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार