इलाम राप्रपाको नयाँ समिति

नयाँ बुलन्द

इलाम : संस्थापन पक्ष राप्रपाले सोमबार नयाँ कार्य समिति गठन गरेको छ ।

एक साता अघिमात्र राप्रपाका अध्यक्ष सहित ठुलो हिस्सा राप्रपा प्रजातान्त्रिकमा सम्माहित भएपछि नयाँ समिति गठन भएको हो । राप्रापाका केन्द्रिय सदस्य तथा सांसद लिलादेवी श्रेष्ठ र केन्द्रिय सदस्य राजेश गिरीको उपस्थितिमा यामप्रसाद चापागाईंको अध्यक्षतमा समिति गठन भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा इन्द्रकुमार लामा, सचिवमा नसिब राई, कोषाध्यक्षमा माया भट्टराई र सहसचिवद्वयमा गणेशबहादुर चौहान र भोजराज लामिछाने चयन भएका छन् ।

कार्यक्रमा बोल्दै  संसद श्रेष्ठले पैसाको प्रलोभनमा परेर राप्रपा प्रजातान्त्रिकमा साथीहरु गएको र गलत प्रचर गरेको आरोप लगाइन् । केन्द्रिय सदस्य गिरीले राप्रप्राबाट फुटेर गएका समुहहरु प्रदेश र संसदको निर्वाचन सम्म मात्र हो त्यस पछि आफै विलय भएर जाने छन् राष्ट्रिय पार्टी भनेको कमल थापाको नेतृत्वको राप्रपा नै भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार