नयाँ बुलन्द
पाँचथर : फिदिम नगरपालिका–१ का ६८ वर्षीय रामचन्द्र सुजीको दुवै मिर्गाैला फेल भएकाले आर्थिक सहयोग गरिएको छ । नेपाल उद्योग वाणिज्य संघ पाँचथरले सुजीलाई उपचार खर्च ९ हजार ५ सय रुपैयाँ पीडितलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, समाजसेवी रामप्रकाश गुरुङको नेतृत्वमा संकलित ५५ हजार ६ सय २५ रुपैयाँसमेत सहयोग गरिएको वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले बताए ।
बजारका व्यवसायीहरूबाट रकम संकलन गरिएको हो । मिर्गाैलापीडितले आफूलाई बचाउन सहयोगी हातहरूको आशा राखेका छन् । उनी काठमाडौमा उपचार गर्न खर्च जुटाउन सहयोग मागिरहेको पाइन्छ । पाँचथरमा क्यानसर र मिर्गाैला रोगीको संख्या बढदो देखिएको छ ।