वडाको माग विद्युतपछि सडकमा

madanकृष्ण ओझा

पाँचथर : हिलिहाङ गाउँपालिका–३ को वडासभाले विद्युतीकरणपछि सडक निर्माणलाई प्राथमितामा राखेको छ । सम्पन्न वडासभामा वडाको नीति तथा कार्यक्रम वडा अध्यक्ष मदनकुमार गौतमले प्रस्तुत गरेका थिए ।

वडा अध्यक्ष गौतमले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विद्युत्लाई प्राथमिकतामा राखिएको छ । स्थानीय विभिन्न टोलबाट आएका योजनाहरू यस बर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको थियोे । हिलिहाङ वडा नं. ३ मा कावेली करिडोरले वितरणलाई छोडेकाले विद्युत्लाई प्राथमिकता दिने र दोश्रोमा सडक सञ्जाललाई जोडनलाई प्राथमिकता दिएको छ । शिक्षा स्वास्थ तथा रोजगारी वडाको प्राथमिकतामा परेका छन् ।

गौतमले पेश गरेको नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकता दिएको छ । कृषिक्षेत्रका लागि पकेट क्षेत्र निर्धारण गर्दै कृषि उद्योगका रूपमा विकास गर्ने लक्ष रहेको बताए । वडासभा हिलिहाङका अध्यक्ष भुवानी प्रसाद लिङदेनले सबैका मागलाई प्राथमिकताका साथ कार्यन्वयन गर्दै समृद्ध हिलिहाङ बनाउन सम्पूर्ण नागरिक तथा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुमित्रा उप्रेतीले पनि आफ्नो मन्तव्य सुनाएकी थिइन् । नेकपा (एमाले) सचिवालय सदस्य भवानी प्रसाद लिङदेन, नेपाली कांग्रेसका क्षेत्रीय सभापति समरबहादुर अधिकारी, नेकपा माओवादी प्रतिनिधि लगायतका पार्टीका नेताहरूले शुभकामना दिएका थिए ।

कार्यक्रममा हिलिहाङ वडा नं. १ का वडा अध्यक्ष गोपी भण्डारी, वडा नं. २का अध्यक्ष भीम हेम्ब्या, वडा नं. ४ का वडा अध्यक्ष सिरी सिगुले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा हिलिहाङका कार्यकारी अधिकृत देवेन्द्र साप्कोटाले पनि मन्तव्य राखेका थिए । विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधि तथा सहभागीहरूले आ–आफ्नो सुझावसमेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार