दोस्रो पटक मेयर बन्‍ने दाउमा गौरीशंकर यादव

रौतहट : गौर नगरपालिकाका मेयर उम्मेदवार गौरीशंकर प्रसाद यादवले आफ्नाे जित सुनिश्चित भएको बताएका छन् । संघीय समाजवादी फोरम नेपालबाट मेयर पदको उम्मेदवार बनेका यादवले जनताले आफूलाई मतदान गरी विजयी गराउने दाबी गरेका छन् ।यादव यसअघि २०५४ सालमा पनि गौर नगरपालिकाको मेयरमा निर्वाचित भएका व्यक्ति हुन् ।

‘पहिला मेयर हुँदा मैले राम्रै काम गरेको छु,’ यादवले भने, ‘गौर नगरपालिकाको विकासमा मैले गरेको कामले गर्दा जनताले फेरि पनि मलाई भोट दिनुहुनेछ ।’ २०५४ सालमा मेयरको रुपमा काम गर्दा यादवले शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गरेका थिए ।

उनले गौरमा मास्टर डिग्रीसम्म पढाइ हुने व्यवस्था त्यसबेलै गरेका थिए । एउटा मात्रै रहेको माध्यमिक विद्यालयलाई विस्तार गरी यादवले पाँच वटामा पुर्याएका थिए ।

बसपार्क निर्माणका साथै बजार व्यवस्थापन र सरकारी कार्यालयको भवन निर्माण पनि यादवकै पालामा गरिएको थियो । ‘जनताको विकासको चाहना कहिले पनि सकिदैन, हिजो मेयर हुँदा मैले धेरैवटा काम गरे अझै धेरै गर्नुछ,’ यावदले, ‘अब एउटा ठूलो खेलकुद मैदान बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ । मैले मेरो योजनामा यसलाई फोकस पनि गरेको छु ।’

२१ औ शताब्दीमा खेल अनिवार्य रहेकाले खेलकुद मैदान निर्माणका लागि जग्गा खरिद गर्नुुपर्ने उनले बताए । एउटा ठूलो चौरको व्यवस्था गर्न सके त्यसैमा क्रिकेट, फुटबल लगायतका सबै खेलहरु खेल्न सकिने उनको ठहर छ ।

गौर नगरपालिकामा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसबीच मोर्चाबन्दी गरिएको छ । गौर नगरपालिकाको उपमेयरको उम्मेदवार भने कांग्रेसले खडा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार