ऋषि राई
बेलबारी : सोम्बार बेलबारीमा रक्त दान कार्यक्रम भएको छ । सो कार्यक्रम स्वर्गिक मार्ग संघ जिल्ला शाखा, मोरङ युवा समितिको आयोजनामा भएको हो ।
रक्त दान जीवन दान, सबैमा हाम्रो आह्वान भन्ने मुल नाराका साथ रक्त दान कार्यक्रम सम्पन्न भएको छ । देशमा हुन गएको प्राकृतीक प्रकोपबाट धेरै जन–धनको क्षति भएको छ । सो प्रकोपबाट हजारौँको सङ्ख्यामा मानिसहरू घाइते भएका छन् । यसै समयमा देशैभरी रगतको चरम अभाव भएको अवस्थामा रक्तदान कार्यक्रम राख्नु परेको कार्यक्रमका संयोजक जेनिस क्षेष्ठले बताए ।
कार्यक्रमले भै रहेको रगत अभावलाई केही हद सम्म भएपनि न्युनिकरण र पीडितले सहज रुपमा रगत पाउन सक्ने छन् क्षेष्ठले बताए । रक्तदान कार्यक्रमबाट ४६ पिन्ट रगत सङ्कलन भएको छ ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, धरानको प्राविधिक सहयोग रहेको थियो। जम्मा भएको रगत नेपाल रेडक्रस सोसाइटी, धरान पठाइएको संयोजक श्रेष्ठले दिए ।
रक्तदान कार्यक्रम विहान ८ बजे देखि दिउसोको १ बजे सम्म सञ्चालन भएको थियो। यस कार्यक्रमले समाजमा सकारात्मक सन्देस पुर्याएको सहभागीहरूको भनाई छ ।