सुजता सुनुवार
इलाम : राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको पहिलो अधिवेशन इलामको सुर्योदय नगरपालिकामा सम्पन्न भएको छ ।
१० वर्ष पछि भएको अधिवेशनबाट मुना लिम्बूको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानु काजी, उपाध्यक्षमा बालकुमारी देवान, सचिवमा देवी सुनुवार, सहसचिवमा बुद्धकुमारी देवान र कोषाध्यक्षमा सरला यल्मु चयन भएकी छन् ।
यस्तै सदस्यहरुमा पुष्पा राई, उत्तमलता श्रेष्ठ, संगीता थामी रहेकी छन् । अधिवेसन पूर्व अध्यक्ष राधिका राई र केन्द्रका शान्ति देवानको उपस्थितीमा समिति गठन गरिएको हो ।
‘पहिचानसहितको संघीयता, संघियता सहितको संविधान, आदिवासी जनजाति महिलाहरुको प्रतिनिधित्व हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अधिवेशन सम्पन्न भएको संगीता थामीले जानकारी दिइन् ।