नयाँ बुलन्द
झापा : नेपालमा पछाडी पारेको वा हेपिएको भनेर चिनिने समुदाय सिल्पी (दलित) समुदायको जागरण अभियान सुरु भएको छ ।
संघीय समाजवादी फोरम नेपाल शिल्पी विशेष प्रदेश समितिले अभियान अन्तर्गत झापाको दमकमा शिल्पी विशेष प्रदेश समितिको लिम्बुवान उपसमितिको आयोजनामा शिल्पी जागरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा ससफो नेपालका उपाध्यक्ष युबराज कार्की र अतिथिका रुपमा उपमहासचिव दानबहादुर विश्वकर्मा, लिम्बुवान ईन्चार्ज आरसी तुम्बा, केन्द्रीय सदस्य पदम अधिकारी, झापा जिल्ला ईन्चार्ज धनप्रसाद गुरुङ, संघीय प्रेस फोरमका उपमहासचिव कमन देवाल, झापा अध्यक्ष धिरेन लावती, तेह्रथुम अध्यक्ष नारायण मान गुरुङ, ईलाम उपाध्यक्ष बिनोद नेम्बाङ साथै शिल्पी समुदायका बिशेष नेताहरूको उपस्तिथि रहेको थियो ।
भेलाले लिम्बुवान उपसमितिको अध्यक्षमा मोहन सेन्चिउरी, उपाध्यक्ष, जगत घिमिरे, भक्त बहादुर बि.क., सचिवमा फुलमाया घिमिरे, सहसचिवमा डम्वर दास, सदस्यहरुमा रोहित खपाङ्गे, दीपक लकान्द्री, शुशिला ऋषिदेव, दिलिप दास, अजय बि.क. लगायत रहेका छन् ।
ससफो शिल्पि लिम्बुवान समितिका संयोजक मोहन सुन्चिउरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जगत घिमिरेले संचालक गरेका थिए ।