ससफो सुनसरीको दुई दिने प्रशिक्षण सम्पन्‍न

फोरम नेपाल सुनसरीको आयोजनामा २ दिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नयाँ बुलन्द

सुनसरी : संघीय समाजवादी फोरम नेपाल सुनसरीको आयोजनामा दुई दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

सुनसरीको इनरुवा स्थित भवन निर्माण व्यवसायी संघ हलमा भएको कार्यक्रममा सुनसरीका १०० बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता तथा संसदिय दलका नेता अशोक राई र केन्द्रीय सचिव पर्शुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिए ।

प्रशिक्षण कार्यक्रममा संघीयता के हो र संघीयता कसरी लागू हनुपर्छ भन्ने बिषयमा जोड दिइएको थियो । सो अवसरमा सुनसरी बाट समाजवादी फोरमका जन निर्वाचीत प्रतिनिधीहरु, गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरुलाइ सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार