आदिवासी जनजाति महासंघ माईमा पापो

Image may contain: 5 people, people sitting and indoor

नयाँ बुलन्द

दानाबारी  : नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद माई नगरपालिको अध्यक्षमा वीरबहादुर पापो चुनिएका छन् ।

साविकका दानबारी, महमाई र चिसापानी गाविसका आदिवासी जनजाति गाउँ समन्वय परिषदलाई समायोजन गरी पापोको अध्यक्षतामा १७ सदस्यीय नयाँ नगर समन्वय परिषद गठन भएको हो ।

समितिका उपाध्यक्षमा उपेन्द्र राई, कृष्ण येक्तेन, विष्णुमाया राई र सचिवमा रुद्र राना मगर चयन भएका छन् । सहसचिवरुमा संगीत कुमाल, श्याम श्रेष्ठ र दनुवार तथा कोषाध्यक्षमा रुपमा राई चयन भएका छन् ।

सदस्यहरुमा डम्बर तामाङ, सेतु खिम्बा, दावा शेर्पा, जनकदेव श्रेष्ठ, उषा उराउ, माधा उराउ रहेका छन् । सबै जातीय संस्थाको प्रतिनिधि रहने संरचना अनुसार गुरुङ र माझीका दुई जना पछि थप गरिने नवगठित समितिका अध्यक्ष बीरबहादुर पापोले जानकारी दिए ।

त्यस्तै अध्यक्ष, सबै उपाध्यक्ष, सचिव, सबै सहसचिव र कोषाध्यक्ष सम्मिलित नौ सदस्यीय सचिवालय समेत गठन भएको  छ ।

साविक दानाबारी गाविसको आदिवासी जनजाति महास्घको सभाहलमा भएको  कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक) को प्रमुख आतित्यतामा सम्पन्‍न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार