काठमाडौं : प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा मतदान हुनुअघि नै संघीय समाजवादी फोरम नेपालले विजयी सुरुवात गरेको छ । पर्सा र रौतहटको स्थानीय तहमा फोरम नेपालका दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्बर २ को दलित महिला सदस्यमा फोरम नेपालकी प्रेम सागर देवी निर्वाचिचत भएकी छन् । राजदेवी नगरपालिका २ को दलित महिला सदस्यमा फोरम नेपालको उम्मेदवारविरुद्ध कसैले पनि उम्मेदवारी दिएको थिएन ।
यसैगरि, पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा पनि फोरम फोरमले उठाएको उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । वडा नम्बर ९ को दलित महिला सदस्यमा फोरम नेपालले राधादेवी नेपालीलाई उम्मेदवार खडा गरेको थियो । नेपालीको विरुद्धमा पनि अन्य कुनै दलको उम्मेदबारी नदिए पछि निर्विरोध निर्वाचित भएकी हुन् ।
चुनावअघि नै अन्य राजनीतिक दल उम्मेदबारहरुलाई पछि पार्दै पार्टीका दुई जना उम्मेदबार विजयी भएसँगै फोरम नेपाल सम्बद्ध नेता कार्यकर्ता झन् उत्साही बनेका छन् ।