सयौं संघीय समाजवादी फोरममा प्रवेश

नयाँ बुलन्द

इटहरी : सुनसरीको इटहरीमा संघीय समाजवादी फोरम नेपाल इटहरी उपमहानगर समितिको आयोजनामा पार्टी प्रवेश तथा स्वागत कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रममा बिभीन्न पार्टी परित्याग गरी सयौंको संख्यामा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ्का केन्द्रीय सचिव तथा पहिचान बादी नेता प्राध्यापक धुर्बकुमार सुब्बा सहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र लिम्बुवानजन्य सङठनबाट करिब ३०० जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोङ तथा समाजवादी फोरम नेपालका केन्द्रिय सचिव पर्शुराम बस्नेतले टिका अवीर लगाइ स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष, केन्द्रिय सचिव, केन्द्रिय सदस्यहरु, प्रदेश अध्यक्ष तथा सदस्यहरु, सुनसरी जिल्ला अध्यक्ष लगायतले शुभकामना मनतव्य दिदै सबै जातीको पहिचान र अधिकार स्थापित भए मात्र राष्ट्र समृद्ध हुनेमा जोड दिएका थिए ।

समाजवादी फोरम नेपाल इटहरी उपमहानगर समितिका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम उद्घोषण समाजवादी फोरम नेपाल इटहरी उपमहानगर समिति सचिव तथा समाजवादी बिद्यार्थी फोरम सुनसरीका इञ्चार्ज रामचन्द्र राईले गरका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार