नयाँ बुलन्द
इलाम : देउमाइ नगरपालिका ४ का एक शिक्षकले स्थानिय संस्कृत विद्यालयलाई दुई रोपनी जग्गा दिशुल्क दान गरेका छन् ।
देउमाई नगरपालिका स्थित पञ्च माविका प्रधानाध्यापक पदम खनाल र श्रीमती पुष्पादेवी खनालले चार लाख मुल्य बराबरको २ रोपनी जग्गा स्थानिय शिवशक्ति गुरुकुल संस्कृत पाठशालालाई निशुल्क दान गरेका हुन् ।
आफ्ना स्वर्गीय बुबा आमा ज्ञानप्रसाद र शिवमायाको नाममा उनीहरुले सो जग्गा दान गरेको वताएका छन् । ८ वर्ष अगाडीबाट सञ्चालित सो पाठसालामा २५ जना विद्यार्थी अध्यनरत छन् ।