इलाम राप्रपाले पनि छोड्यो कमल थापालाई

नयाँ बुलन्द

इलाम : राष्ट्रिय प्रजातन्त्र पार्टीका इलाम जिल्ला अध्यक्ष सहित ८० प्रतिशत जिल्ला कार्य समितिले कमल थापाले नेतृत्व गरेको राप्रपा छोडेका छन् । राप्रपा छोडेर उनीहरुले पशुपती शमसेर जवराले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातानीत्रक) मा आवद्ध हुने इलाम सदरमुकाममा बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।

पार्टीले लिएको राजनैतिक एजेन्डामा पार्टीका केन्द्रिय कार्य समितिमा विचलन आई जिल्ला कार्य समितिलाई पूर्ण रुपले उपेक्षा गरिएकोले पार्टी परित्याग गरिएको तत्कालिन राप्रपा जिल्ला कार्य समिति हरि श्रेष्ठले वताए ।

जिल्ला अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष कलिका कार्की, सचिव धनबहादुर थापा मगर, कोषाध्यक्ष स्याण्डु चहार, पुर्व जिल्ला अध्यक्ष तथा क्षेत्रिय अध्यक्ष धर्मराज नेम्वाङ लगायतले राप्रपा छोडेर प्रजातान्त्रिकमा जाने निर्णय गरेका हुन् । जिल्ला कार्य समितिमा रहेका ३१ पदाधिकारी मध्ये २४ जनाले पार्टी परित्याग गरेको अन्यले पर्ख र हेरको निति अङ्गलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लाका सवै गाउँ/नगरपालिका अध्यक्ष सहित भातृ संगठनका प्रमुत तथा पदाधिकारीले समेत पार्टी परित्याग गरेको बताइएको छ ।

पार्टीका निष्ठावान कार्यकर्ताहरुलाइ भन्दा पैसामा प्रतिष्ठा खरिद गर्नेहरुलाई प्राथमिकता दिइएको र केन्द्रिय नेतृत्वले नितिगत एजेण्डा भुलेकाले राप्रपा प्रजातान्त्रिकलाई अङ्गाल्नु परेको उनीहरुको भनाई छ । केन्द्रिय पदाधिकारी विच नै तालमेल नमिलेको, ब्यक्तिगत निर्णय हावी हुने गरेको, सरकारमा जाने र छोड्ने निर्णय आफुखुसी चलकाले पनि आफुहरु सो पार्टीबाट बाहिरिनु परेको अध्यक्ष श्रेष्ठले वताए ।

हाल तत्कालिन अध्यक्ष हरि श्रेष्ठले राप्रपा प्रजातान्त्रिक पार्टीको नेतृत्व गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार