चन्द्रपुरमा तालमेल नगर्न कांग्रेस नेताको चेतावनी

 

चन्द्रपुरमा तालमेल नगर्न कांग्रेस नेताको चेतावनी

अखिलेश यादव

रौतहट : पार्टी नेतृत्वले सत्तारुढ माओवादी केन्द्रबीच प्रदेश २ को आसन्न चुनावमा तालमेलको प्रयास भइरहेका बेला कांग्रेस नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

रौतहटको चन्द्रपुरमा त कांग्रेस नेताहरुले चुनावी तालमेल गरिए चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेस नेतृत्वले एमालेको प्रभाव भएको भनिएको राजमार्ग क्षेत्रका विभिन्न स्थानीय तहमा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ ।

तर, रौतहट क्षेत्र नम्बर ६ का सचिव बच्चुसाह कानुसहित ७ नेताले मंगलवार विज्ञप्ति जारी गरी चुनावी तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा चन्द्रपुर नगरपालिकाको मेयर, उपमेयरसहित वडाध्यक्ष तथा सदस्य पदमा अन्य पार्टीसँग तालमेल गर्ने निर्णय भएमा निर्वाचनमा भाग नलिने चेतावनी दिइएको छ ।

यसअघि कांग्रेसको बर्दिबास नगर कमिटीले पनि माओवादीसँग तालमेल गरिए अस्वीकार गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको थियो । बर्दिबासमा पनि कांग्रेस(माओवादी तालमेलको प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार