चन्द्रपुर नगरपालिका पुर्ण साक्षर घोषणा

Related image
तस्विर : गुगल

अखिलेश यावद

रोतहट : रौतहटको चन्द्रपुर नगरपालिकालाई साक्षरता घोषणा गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय गौर र चन्द्रनिगाहपुर स्रोत केन्द्रको आयोजनामा रौतहटको चन्द्रनिगाहपुर स्थित जनज्योति माध्यमिक बिद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर लाई साक्षरता घोषणा गरिएको हो ।

चन्द्रनिगाहपुर स्रोत केन्द्रमा पर्ने रौतहटको उत्तरी भेगका ४७ वटा बिद्यालयका प्राध्यानाध्यापक र बिद्यार्थीहरुको सहभागीतामा चन्द्रपुर नगर लाई साक्षरता नगर घोषणा गरिएको हो ।

स्रोतकेन्द्र अन्तर्गत पर्ने माध्यमिक विद्यालयसँग दुई हजार, आधारभूत (१-८) सँग एक हजार पाँच सय र आधारभूत (१-५) सँग एक हजार रुपैया संकलन गरेर साक्षरता नगर घोषणा गरिएको एक विद्यालय प्राध्यानाध्यापकले जानकारी दिएका छन् । ्सा

क्षरता प्रतिशतको हिसाबले रौतहट ७४ औ जिल्लाको रुपमा रहेको छ । निरक्षर उन्मुलन गर्न रौतहटमा करोडौ रुपैया खर्चिएपनि उपलब्धि हुन भने सकेको छैन । नगर लाई साक्षरता घोषणा गरिएपनि अझै निरक्षरको संख्या रहेको जनाइएको छ । शिक्षा अधिकारी रामबिनय सिहले सो कार्यक्रमको उद्धघाटन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार