नयाँ बुलन्द
इलाम : नेपाल निजामती कर्मचारी युनियन संघको १६ औं स्थापना दिवश इलाममा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।
दिवशको अवसरमा युनियन संघले फरक क्षमता भएका र दृष्टि विहिन बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र बिरामी बालबालिकाहरुलाई औषधी वितरण गरेको छ ।
इलाम नगरपालिका ५ अमर मावि वरबोटेमा रहेका २१ जना फरक क्षमता भएका बालबालिका र इलाम नगरपालिका ७ बाल मन्दिरमा रहेका ११ जना दृष्टि विहिन बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
इलाम अस्पताल इलामका कार्यरत बाल रोग विशेषज्ञ डाक्टर सत्यनारायण चौधरी र डाक्टर टेकेन्द्र चौलागाइँले उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
समाजमा सपाङ्ग नै कतिपय मानिसलाई हरेक क्रियाकलाप गर्न समस्या हुने भएकाले अपाङगता भएकाहरुलाई झनै समस्या महसुस गर्दै उनीहरुको स्वास्थ्य परिक्षण गरिएको युनियन संघ इलामका अध्यक्ष लक्ष्मण पाण्डेले वताए ।
युनियन संघले बाल मन्दिरमा रहेका बालबालिकाहरुलाई खाना पकाउन सहज होस भनेर एक थान प्रेसर कुकर समेत प्रदान गरेको छ । युनियन संघका अध्यक्ष पाण्डेले बिद्यालयका प्रधानाध्यापक कमल खत्रिलाई सो कुकर हस्तान्तरण गरेका थिए ।
दृष्टिबिहिन वालवालिकाहरुले कार्यक्रममा गित गाएर सुनाउँदा उनीहरुको प्रतिभा मन पराउँदै जिल्ला प्रशासन कार्यालय इलाममा कार्यरत अर्जुनजङ्ग सिँजापती, महेन्द्र चौहान र गुराँस लावतीले नगद एक एक हजार प्रदान गरेका थिए ।
त्यस्तै कर्मचारी तुलाराम श्रेष्ठ, दुर्गा बराल, दिपेन्द्र कट्टेल, अम्विका खनाल, कोकिस घिमिरे, टेकनाथ रेग्मी, विद्यार्थी रञ्जना राईले समेत समग्र विद्यार्थीहरुको हक हितका लागि नगद तीन हजार एक सय प्रदान गरेका थिए । सो रकम बाल मन्दिरकी श्रोत शिक्षक मन्टेश्वरी पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।
युनियन संघ इलामका अध्यक्ष पाण्डेको अध्यक्षता तथा नेपाली कांग्रेस इलामका सचिव खगेन्द्र देवानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नम्वर सातका वडा अध्यक्ष नरेश श्रेष्ठ, प्रअ कमल खत्रि, सञ्चारकर्मी सोमनाथ सुसेली लगायतले मन्तब्य राख्दै असाहाय तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए । युनियन संघले विगत वर्षहरुमा समेत सहयोग गर्दै आएको युनियन संघकी रिता अधिकारीले जानकारी दिइन् ।