२ नम्बर प्रदेशको निर्वाचन तयारी पूरा : आयुक्त दाहाल

प्रदेश २ मा हुने निर्वाचनको पुरा तयारी भई सकेको छ ः आयुक्त दाहाल

रौतहट : २ नम्बर प्रदेशमा स्थानीय तहको लागि हुन लागेको तेस्रो चरणको निर्वाचनको तयारी पुरा भई सकेको निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहाले बताएका छन् ।

रौतहटको सदरमुकाम गौरमा निर्वाचन सम्बन्धी कार्यक्रमका लागि आएका आयोगका आयुक्त दाहालले संचारकर्मीहरुसंगको कुराकानीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयमा कर्मचारी खटाउने र मतदान केन्द्रमा खटिने कर्मचारीको लगत संकलन गरेर जिल्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतसंग बुझाउने काम सम्पन्न भएको बताए । यस्तै मतदाना नामावली र परिचय पत्र तथा मतदान सामाग्री पु¥याइसकेको जानकारी समेत दिए ।

यसपालि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयुक्तहरुको अनुगमन टोली, त्यस्तै आयोगले खटाएको अनुगमन टोली, विषेश अनुगमनटोली, पर्यवेक्षक का साथै अन्तराष्ट्रिय अनुगमन टोलि समेत खटिएकोले निर्वाचन कार्यमा कुनै किसिमको कमीकमजोर नहुने समेत ठोकुवा गरे । उनले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनको पुर्व तयारी काम भइरहेको बताए ।

यसैबीच आयुक्त दाहालले केन्द्र र प्रदेशको निर्वाचन सम्बन्धी कानुन बन्नमा ढिलाई भइरहेकाले आयोगलाई निर्वाचन गराउन अफ्ठ्यारो आइपरेको समेत जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार