पुर्वी तराईमा सुविधायुक्त बसहरु

युद्धबहादुर बोहोरा

इलाम : पुर्वी तराईमा नयाँ मोडेलका बसहरु थपिने क्रम बढेकाे छ । झापा काँकडभिट्टा,भद्रपुर, सुनसरीकाे धरान र मोरङको बिराटनगरमा दैनिक चालीस भन्दा बढी बसहरु प्रति घन्टा ओहोरदोहोर हुने गर्दछ्न ।

सुपर जनसेवा, नागरिक, हिमशिखर, सगरमाथा, हाम्रो यातायात लगायतका नयाँ फाइबर मोडलका टाटा कम्पनीमा तयार भएका टर्बो इन्जिनवाला बस भित्रिएका छन्। यी बसहरु विविन्न यातायात संघमा आवद्ध भइ संचालनमा छन्।

यात्रुहरुलाई सुविधाजनक यात्रा होस् भन्ने हेतुले संचालन थालनी गरिएको सुपर जनसेवा कार्यलय स्टाफ श्याम पन्जियारको भनाइ छ।

स्टाफ, अपाङ्ग, जेष्ठ नागरिक, महिला र अशक्तको वर्गीकरण गरि आरक्षण सिटको व्यवस्था गरिएको छ । यी बसहरु जिपिएस प्रणाली र सिसि क्यामेरा जडान गरिएको छ।

फायरफाइटिङको सिलिन्डर ,फस्ट एड बक्स ,डिजिटल डिस्प्ले भिडियो कोच राखिएको छ।

नयाँ यात्रुलाई जानकारी दिने उद्देश्यले साउन्ड सिस्टम् मार्फत स्थानको परिचय दिने गरिएको छ।सबै ट्युबलेस टायरहरु भएकोले पम्पचर कम हुने मे १ ख २६२९ जनासेवा यातायातका कन्डक्टर कुमार बिष्ट बताउँछन् ।

तेल कम लाग्नाले खर्च कम हुने,हेर्नमा सुन्दर र आवाज कम भएको हुँदा प्रदुषण नियन्त्रण हुने उनको भनाइ छ। कर्मचारी,स्कुल र क्याम्पसका विधार्थीहरुको रोजाइमा पनि यी बसहरु पर्ने गरेको विधार्थी बताउँछन्। हरेक स्टेशनमा छोटो समय रोकिनाले बसमा यात्रा गर्न पर्खिनेहरुको भिडभाड देखिन थालिएको छ।

आगामी दिनहरुमा हरेक सडकमा यस प्रकारमा बसहरु संचालन वृद्धिले यात्रुलाई ओहोरदोहोर गर्न सहज हुने देखिन्छ । भरपर्दाे यातायात सुविधा हुने हो भने धेरैले मोटरसाइकलको प्रयोग न्यून गर्न सक्ने छन् ।

ट्राफिक जाम समेत कम हुने अनुमान गर्ने सकिन्छ। सिट क्षमतालाई ध्यानमा राखी सवारीमा चढाउनु पर्ने यात्रुहरुको सुझाव छ।यसकारण गर्मीसमयमा समस्य नहुने उनीहरु बताउँछन्।

निर्धारित समयमानै गन्तव्यमा पुर्‍याउन यात्रुलाई निरन्तर सुविधा दिन सकियो भने नयाँ बसहरुमा यात्रुको आकर्षण बढ्ने संचालकहरुको दावी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार