देउमाईमा पशुरोग सम्बन्धी अभिमुखीकरण

विमल अधिकारी

देउमाई : इलामको देउमाइ नगरपालिका-८ स्थित चौबन्दी चोकमा पशुपालन तथा गोठ ब्यबस्थापन सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उन्नती परियोजना इलामको आर्थिक सहयोग र निशा डेरी उद्योगको आयोजनामा सन्चालन भएको प्रशिक्षण कार्यक्रमबाट पशुमा लाग्ने विभिन्न रोगहरु, यसको लक्षण र नियन्त्रणका उपाय, गोठ ब्यबस्थापन तथा सुधार, पशु खाद्यान्नको ब्यबस्थापन लगायतका बारेमा कृषकहरुलाइ जानकारी दिइएको थियो।

स्थानीय जीतपुर माध्यमिक विद्यालयमा संचालित टेक्स कार्यक्रम अन्तर्गतको पशु बिज्ञान विषयका कार्यक्रम ब्यबस्थापक डा. निशान्त शाह र सहायक प्रशिक्षक सुरेश कट्टेलले सहजीकरण गरेका थिए । तालिममा स्थानीय ४५ जना अगुवा पशुपालकहरुको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार