फिदिम माविका विद्यार्थी गाँजासहित प्रहरीमा

Image result for गाँजा

कृष्ण ओझा

पाँचथर : पाँचथरको फिदिम माध्यमिक विद्यालय गाँजाको अखडा बढदै गएको छ । विद्यार्थीलाई प्रहरीले गाजाँसहित नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

विद्यार्थीहरु गाँजामा लागेको थाहा पाएपछि अभिभावकहरु चिन्तित भएका छन् । छोरा गाजा खाने भाँडो र गाँजाको पोकासहित प्रहरीमा देख्दा विद्यालयप्रति दूःख लागेको अभिभावकहरुको भनाइ छ । आफ्नै छोरा कुलतमा लागेको देखेर विद्यालय पढाउने शिक्षक समेत छक्क परेका छन्

बालबालिका भएकाले प्रहरीबाट विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाएका थिए । बुधबार राति फिदिम माविका ७ र ८ कक्षा पढ्ने दुई जनालाई बजारबाट गाँजासहित नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।

बिहिबार अभिभावक र प्रअ दूर्गा खत्रिको रोहबरमा जिम्मा लगाइएको प्रहरी प्रवक्ता विज्ञान बस्नेतले जानकारी दिए । कक्षा १० का दुईजना विद्यार्थीहरुलाई विद्यालय प्रशासनले गाँजासहित परिसर भित्र भेटेका थिए । विद्यालयमा आधा दर्जन बालबालिका प्रभावित भएको हुन सक्ने एक शिक्षकले बताए ।

विद्यालय आसपासका जङगल, मन्दिर, तथा नजिकका विभिन्न ठाउँहरुमा लुकेर गाँजा सेवन गर्ने गर्दछन् । तत्कालिन विद्यालय प्रशासनको समयमा भने यस्ता खालका गतिबिधि नभएको र सुन्नमा नआएको भिभावकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार