चुम्लुङको २९ औं स्थापना दिवस मानाईयो

सन्तोष नेम्बाङ

इलाम : नेपाल कम्युनिष्ट पार्टी (माले) का सांसद आइन्द्रसुन्दर नेम्बाङले नयाँ संविधानको आलोचना गरेर समय बिताउनु भन्दा संविधानमा उल्लेख भएका आफ्ना अधिकारहरुबारे छलफल बहस गरी सचेत हुनमा फाइदा हुने बताएका छन् ।

किरात याक्थुङ चुम्लुङको २१ आंै स्थापना दिवसको अवसरमा शनिबार इलाममा आयोजित कार्यक्रममा बोल्दै नेम्बाङले जातीय संस्थाहरुलेसंविधानमा उल्लेख भएका आदिवासीका अधिकारलाई प्रयोग र सुरक्षा गर्दै अन्य थप अधिकारहरु संस्थागन गर्नतर्फ लाग्न सकिने विचार व्यक्त गर ।

किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सदस्य मनराज जबेगूले लिम्बू समुदायको नैसर्गिक अधिकारहरुलाई संस्थागत गर्न १७ भदौ २०४६ मा चुम्लुङ गठन गरिएको स्मरण गरे । चुम्लुङका आजीवन सदस्य गृष्म सुब्बाले लिम्बू समुदायहरु आर्थिक, सामाजिक, शैक्षिक रुपमा अघि बढ्न आफ्ना आन्तरिक कमजोरीहरुलाई पहिचना गर्नु पर्ने बताए ।

चुम्लुङको स्थापना दिवसकै अवसरमा चुम्लुङ इजायल शाखाबाट प्राप्त आठ हजार रुपैयाँको जेहेन्दार छात्रवृत्ति इलाम नगरपालिका १ सोयाक स्थित नन्द आधारभूत विद्यालयमा अध्ययनत बेविसा लिम्बूलाई प्रदान गरीएको छ ।

त्यसैगरी याक्थुङ सहयोग कोष अन्र्तगत अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत मुकेश साउदे र कक्षा ९ मा अध्ययनरत नामओती लिम्बू, आर्दश मावि कक्षा १० मा अध्ययनरत छात्रा सुमसुम नेम्बाङ र बौद्धधाम मावि कक्षा ९ मा अध्ययनरत छात्र निवोङहाङ लिम्बूलाई जनही दुई हजार रुपैयाँका दरले वार्षिक छात्रवृत्ति समेत प्रदान गरिएको छ ।

चुम्लुङ स्थापना दिवसकै अवसरमा आयोजित फक्ताङलुङ आइडलमा इलाम नगरपालिका बरबोटेका बिष्णुमाया फत्र, सोयकका विजय फागो, देउमाई नगरपालिका धुसेनीका कल्पना लिङदेन, माईजोगमाई गाउँपालिका सोयाङका चम्पासिङ ताम्लिङ लगायत १२ जना प्रतियोगी दोस्रो चरणको लागि छनौट भएका छन् ।

फक्ताङ सयङ काठमाण्डौद्वारा आयोजित कार्यक्रममा प्रतियोगीहरुले पालाम, हाक्पारे, ख्याली, तुहा र ताम्केमध्ये कुनै दुईवटा प्रस्तुति गर्नुपर्ने थियो ।

लिम्बूहरुको मौलिक कला संस्कृतिहरुको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले फक्ताङलुङ आइडल दोस्रो आयोजना गरिएको कार्यक्रम संयोजक भवानी विक्रम सम्बाहाम्फेले बताए । छनौट कार्यत्रक्रममा भाषा संस्कृतिकर्मी यासेली योङहाङ र बखतबहादुर आङदेम्बेले निर्णायक भूमिका निर्वाह गरेका थिए ।

चुम्लुङ जिल्ला शाखा इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक) को अभ्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरापलिका ५ बरबोटेका वडा अध्यक्ष ठाकुरनारायण श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंग जिल्ला समन्वय परिषद इलाममा उपाध्यक्ष दिपक गुरुङ, नेपाल मगर संघ इलामका सचिव इश्वर लुङगेली, चुम्लुङ बरबोटे गाँउशाखाका अध्यक्ष जीतबहादुर जवेगुले समेत आफ्ना संस्थागत धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार