धनकुटामा सम्बन्ध बिच्छेद बढ्दो

धनकुटा : जिल्ला अदालत धनकुटामा सम्बन्ध बिच्छेदका घटनाका मुद्दामा वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा जिल्ला अदालत धनकुटामा दर्ता भएका कुल ३ सय ९६ मुद्दामध्ये १ सय १२ वटा सम्बन्ध बिच्छेद्सँग सम्बन्धित छन् ।सम्बन्ध विच्छेद गराउन चाहने अधिकांश ३० वर्षभन्दा कम उमेरका छन् ।

बहुविवाह, वैदेशिक रोजगार, पारिवारिक हिंसाका कारण सम्बन्ध बिच्छेद्का घटनाको मुद्दामा वृद्धि भएको देखिएको जिल्ला अदालत धनकुटाका न्यायाधीस किशोर घिमिरेले जानकारी दिए ।

त्यस्तै अदालतले अंशबण्डा, जालसाँजी, माना चामल लगायतका मुद्दामा समेत वृद्धि भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार