समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले माल्टालाई ४–० ले हराएको हो । पहिलो हाफमा गोल हुन नसकेको खेलमा इंग्ल्याण्डले दोस्रो हाफमा चार गोल गर्यो । त्यसमा पनि अन्तिमको पाँच मिनेट तथा इन्जुरी समयमा तीन गोल भयो । इंग्ल्याण्डका लागि ह्यारी केनले ५३ औं मिनेटमा र इन्जुरी समयको दोस्रो मिनेटमा, रायन बिर्ट्रेण्डले ८५ औं मिनेटमा र ड्यानी वेलबेकले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे ।
सात खेलबाट १७ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थाना छ । अर्को खेलमा स्लोभेनियालाई १–० ले हराएको स्लोभाकिया १५ अंकसहित दोस्रो स्थानमा छ । यस्तै राति नै भएको खेलमा लिथुवानियालाई ३–० ले हराएको स्कटल्याण्डको ११ अंक भएको छ ।
त्यस्तै जर्मनीले चेक गणतन्त्रलाई २–१ ले हराएको हो । जर्मनीका लागि टिमो वर्नरले चौथो मिनेटमा र म्याट्स हमल्सले ८८ औं मिनेटमा गोल गरे । चेक गणतन्त्रका लागि डारिडाले ७८ औं मिनेटमा गोल गरे । सात खेलबाट २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ ।
राति नै भएको अर्को खेलमा सान मारिनोलाई ३–० ले हराएको नर्दन अयरल्याण्डको छनौट हुने सम्भावना पनि बढेको छ । समूह ‘सी’ अन्तर्गतकै खेलमा नर्वेले अजरबैजानलाई २–० ले हरायो ।
समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा १५ औं मिनेटमा थोमस डिलेनीले, ४२ औं मिनेटमा एन्ड्रियास कोर्निलियसले, ५९ औं मिनेटमा योर्गन्सन र ८० औं मिनेटमा एरिक्सनले गोल गरे । पराजित भएपनि सात खेलबाट १६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ । समूह ‘इ’ अन्तर्गतकै खेलमा मन्टेनेग्रोले कागखस्तानलई ३–० तथा रोमानियाले अर्मेनियालाई १–० ले हराएका छन् ।