पाँचथरमा पुन गयो पहिरो २ घरमा क्षति

पाँचथर : निरन्तर वर्षाका कारण पाँचथरको फालेलङ गाँउपालिका ५ लुङमादिनमा पहिरो गएको छ । फालेलुङ ५ लुङमादिनमा शुक्रबार गएको पहिरोका कारण २ घरमा क्षति पुगेको छ भने ४ घर उच्च जोखिममा परेका छन ।

बाढीका कारण जोखिममा परेका दिपक केरुङ, गणेश साँवा, कान्तिवहादुर साँवा, विष्णु साँवाका परिबार छिमेकिका घरमा बसेको स्थानिय सन्दिप थाम्सुहाङले जानकारी दिए ।

यसअघि साउन २६, २७ र २८ गते गएको पहिरोका कारण फालेलुङ गाँउ पालिका १ र ३ मा मात्रै ११४ परिवार विस्थापित भएका थिए । पहिरोमा परि २ जनाको मृत्यु भइसकेको छ भने अन्य २ जना अझै वेपक्त छन् । विस्थापितहरु स्थानीय विद्यालय र सार्वजनिक स्थलमा पाल टागेर बस्दै आएका छन ।

यसैगरी गएराति नै फिदिम नगरपालिका १३ को गुर्धुममा पनि पहिरो गएको छ । पहिरो प्रभावित क्षेत्रमा नाँगिन प्रहरी चौकिको टोलि खटिएको र थप विवरण आउन बाकि रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार