पुल पुननिर्माण नहुँदा आवतजावतमा समस्या

अखिलेश यादव

रौतहट : जिल्लाको कटहरीया नगरपालिकाको लालबकैया नदीमा रहेको पुलमा बाढीले क्षति पुर्याएपछि आवतजावत बन्द भएको छ ।

बहादुरपुरमा रहेको पक्की पुलको दायाँबायाँ बाढीले कटान गरेपछि स्थानीयलाई आवतजावतमा निकै कठिनाई भएको छ । जिल्लाको सितलपुर, बैरगनिया, बिजयपुर, सन्तपुर दोस्तिया, लक्ष्मनिया लगाएत स्थानका बासिन्दाहरुलाइ कटहरीया बजार तथा सदरमुकाम गौर आउनजान निकै समस्या भएको हो ।

गएको २९ साउनमा गएको बाढीले पुलको दुवै तर्फ सडकमा ठुलो क्षेती गरेको हो । पुलको पश्चिमतिर बाढीले करीव ५० मिटर कटान गरेको छ ।

२ वर्ष अघिमात्रै सो पुल निमार्ण सम्पन्न भएको थियो । अहिले त्यो ठाउँमा भर्याङ राखेर आवतजावत हुने गरेको छ । एक जना आवतजावत गरेवाफत २० रुपैया तिरेर बाँसको भर्याङबाट नदि तर्ने गरेका छन् । सइकलको ५० रुपैया लिने गरेको स्थानिय बताउँछन् ।

पुल भत्किएको १ महिना बित्नलाग्दा पनि कुनै निकायले चासो नदीएको स्थानिय पिडितको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार