डा. केशरीको टोलीद्वारा रौतहटमा राहत वितरण

नयाँ बुलन्द

रौतहट : आएको बिनाशकारी बाढिबाट रौतहटका हजारौं वासिन्दाहरु घरबार विहिन भएको अवस्था छ । बालिनालि लगायत अन्न, लत्ताकपडा बाढिले बगाएपछि पिडितहरु सहयोगी हातहरुको पर्खाइमा कष्दाई जीवन जिउन बाध्य बनेका छन् ।

राहत सामाग्री रौतहटका विभिन्न स्थानीय तहहरुमा बाडिएपनि उचित मात्रामा बितरण नभएको तथा पारदर्शि नभएको हल्लाहरु सुनिरहेको अवस्थामा चीन देशमा कार्यरत डा. राजिवप्रसाद केशरीको टोलीले राहत बाँडेर सबैको मन जितेको छ ।

गौर नगरपालिका लगायतमा ३ सय ५० अति पिडित परिवारहरुलाई राहत वितरण गरीएको छ । एफक्यूडीए क्यान्सर होस्पिटलमा काम गर्ने तथा गैर आवासिय नेपाली संघ चिनका आइ.सि.सि. मेम्बर डा.राजिवप्रसाद केशरी लगायत टिमका सदस्यहरु कमल सापकोटा, एस.यू.एन.वाई.ए.टि.एस.इ.एन. यूनिभरसिटिका ग्रेजुवेट अभिशेक पटेल लगायत जमर्निका डा.मारक होप किंगले एन.आर.एन.ए.चीनकाबाट पठाएको सो राहत सामाग्री वितरण गरिएको हो ।

संजय चेतानीको अध्यक्षतामा भएको एन.आर.एन.ए.चीनको सो राहत वितरण भएको स्थानीय सहयोगी अभिनाश केशरीले जानकारी दिएको छ । टिमले राहत संकलनमा साथ दिने मिन बहादुर श्रेष्ठ, रंजन ढकाल, निर्मल चौलागाई, खमसुंग गुरुंग, दिलबहादुर कठइत, प्रदिप न्युपाने, सुरज बेन्जो, विकास रिजाल, सुकल प्रदान, तथा एन.आर.एन.मित्रहरुलाई डा.केशरीले धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार