सातामा ३६ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

Image result for लागू अाैषध

उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले पछिल्लो एक हप्तामा ३६ जना लागुऔषध कारोबारीसहित ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

बुधबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले तीनजना लागुऔषध ओसारपसार गर्ने व्यापारी र ३३ जना सेवनकर्तालाई पक्राउ गरी कारवाही प्रकृया अगाडि बढाएको जानकारी दिए ।

प्रहरीले व्यापारी र सेवनकर्तासँगै लागुऔषध लुपिजेसिक ८४ एम्पुल, इाइजेल्वाव ८३ एम्पुल, फेनरागन ८२ एम्पुल, नाईट्रोशन ट्यावलेट ११ गोटी, गाँजा ३८० ग्राम, नगद १६ हजार १६० रुपैयाँ र ओसारपसारमा प्रयोग भएको स १ ह ७५६ नम्बरको अटोरिक्सा बरामद गरेको जानकारी दिएको छ । पक्राउ परेकालाई प्रहरीले १४ वटा मुद्दा दर्ता गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार