लिम्बुवान छोडेर संघीय समाजवादीमा प्रवेश

झापा : कुमार लिङदेनले नेतृत्व गर्दै आएको पार्टी संघीय लिम्बुवान मञ्चका तीनजना केन्द्रीय सदस्यसहित करिब तीनसय जना कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

मंगलबार झापाको विर्तामोडमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पार्टी प्रवेश गराइएको संघीय फोरमका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख पूर्ण बस्नेतले बताए ।

‘कुमार लिङदेनले नेतृत्व गर्दै आउनुभएको पार्टीका केन्द्रीय तहका नेतादेखि स्थानीय तहका कार्यकर्ताहरु ससफोमा प्रवेश गर्नुभएको छ,’ बस्नेतले भने, ‘पार्टीका वरिष्ठ नेता अशोककुमार राईले उहाँहरुलाई स्वागत गर्नुभएको छ ।’

लिम्बुवान छाडेर संघीय फोरममा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुमा हरिदेवी राई, मणि राई र पूर्ण खजुम छन् ।  कार्यक्रममा पार्टीका उपाध्यक्ष युवराज कार्की, राजनीतिक समिति सदस्य खगेन्द्र माखिम, केन्द्रीय सदस्य आरसी तुम्बालगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार