नयाँ बुलन्द
इलाम : चुलाचुली गाउँपालिका वडा नम्वर एकका निर्वाचित जनप्रतिनिधिको पहलमा सोमबार वडाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।
निर्वाचित प्रतिनिधिहरुको पहलमा वडामा नै संकलन गरिएको आर्थिक र मुठ्ठीदानबाट प्राप्त अन्न वडामा सवैभन्दा वढि क्षतिभएका १० घरपरिवार र सागर आधारभुत विद्यालयलाई वितरण गरिएको वडा अध्यक्ष पूर्ण लावती (ध्रुव) ले जानकारी दिए ।
गाउँमा संकलन भएको बीस हजार नगद सहित डेढ कुइँटल वढि चामल वितरण गरिएको उनले वताए । साथै वडा कार्यालयकै पहलमा योङ नेपाल नामक संस्थाले समेत ५० हजार वरावरको सहयोग गरेको थियो । सो संस्थाले लत्ता कपडा, चामल, त्रिपाल तथा विद्याथीहरुलाई कापीकलम वितरण गरेको जनाइएको छ ।
अबिरल आएको वर्षादका कारण चुलाचुली एकमा मात्र दुई घर पूर्ण विस्थापित भएका छन् । त्यस्तै खेतीयोग्य ३० विघा जमिन समेत कटान गरेको वडा अध्यक्ष लावतीले जानकारी दिए ।