इलामका महिला उद्यमी संगठित

नयाँ बुलन्द

इलाम :  इलाम उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष सुशिला सापकोटाको अध्यक्षतामा जिल्लाका उद्यमी महिलाहरु संगठित भएका हुन् ।

संघको उपाध्यक्षमा मिलनकुमारी खत्रि, सचिव उषा निरौला, कोषाध्यक्ष लिला भट्टराई रहेका छन् । ९ सदस्यीय समितिको सदस्यहरुमा सिता दाहाल, अनिता वस्नेत, पदमकुमारी विश्वकर्मा, तिर्थकुमारी रञ्जितकार र सृजना विष्ठ रहेका छन् ।

महिलाहरुको हक र हितकालागि सो संघ गठन गरिएको अध्यक्ष सापकोटाको भनाई छ । संघ गठन भए पनि विचमा निर्वाचन लगायत विविध कारणले सार्वजनिक गर्न नसकिएको उनले वताइन् । उनले महिलाहरुले ठाउँ र अवसर पाउने हो भने जिम्मेवारी पुरा गर्ने उदाहारण दिँदै महिलालाई अवसरबाट वन्चित गराउन नहुने धारणा ब्यक्त गरिन् ।

नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका विषयक महिला उद्यमी संघ इलामको ब्यवसाय प्रवद्र्धन सम्वन्धि परिचयात्मक कार्यक्रम गर्दै सो संघको सार्वजनिक गरिएको हो ।

कार्यक्रममा इलाम नगरपाकिाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि महेश वस्नेतले पहिला पहिला महिला उद्यमीहरु पछि परे पनि ऐले राजनैतिक, आर्थिक, सामाजिक र प्रशासनिक क्षेत्रमा अगाडी रहेको वताए । बहुदल पछि महिला पुरुष विच सम्पती माथी समान हक लागु भएपछि पनि महिलाहरुको स्तर माथी उठेको उनको भनाई थियो ।

अध्यक्ष सुशिला सापकोटाको सभापतित्व तथा इलाम नगरपालिकाका मेयर वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाम उद्योग विकास समिति इलामका नविन पौडेल, इलाम उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इश्वर चिपालु, जिल्ला समन्वय समिति इलामकी महिला सदस्य निरुमाया राई, उद्यमी सर्मिला निरौला लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार