चेतन आङथुपो
चुलाचुली : चुलाचुली गाउँपालिका स्तरीय आपाङ्गत भएको व्यक्तिहरुको ‘जागृति अपाङ्ग संघ चुलाचुली गाउँपालिका इलाम’ ले वडाहरुमा समिति गठन गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा २ लाख ५० हजार रुपैया बजेट विनियोजन भएको थियो । विनियोजित बजेटबाट तथ्याङ्क संकलन, कार्यालय व्यवस्थापन, वडा समिति गठनमा खर्च भएको संस्थाका अध्यक्ष पूर्णकुमार चेम्जोङले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।
स्थानीय निर्वाचन अघि गाउँपालिकाको एउटा कोठामा कार्यालय राखेका जागृति अपाङ्ग संघको एक थान फोटो कपि मेसिन, दराज, कम्प्यूटर निर्वाचन यता खाली गर्दिनुपर्ने भएकाले अहिले अव्यवस्थित रहेकाले यस पटक कार्यालय व्यवस्थापन गर्नेकै लागि गाउँपालिकको ६ वटै वडाहरुमा समिति गठन गरि सकेका संघ कोषअध्यक्ष उमा कोइरालाले वताइन् ।
हलको तथ्याङ्कले चुलाचुली गाउँपालिकाभरि अपाङ्गता हुनेको संख्या ५ सय पुगे पनि तथ्याङ्कमा नआएकोले अपाङ्गत भएका व्यक्तिहरु तथ्याङ्कमा भन्दा बढी संख्यामा रहेका अध्यक्ष चेम्जोङले बताए । वार्षिक ठूलो बजेट निकास हुने गरेका जागृति अपाङ्गत संघले कहाँ केमा खर्च गर्छन् ? सरोकारवला साथै अपाङ्गत सदस्यपत्र लिदै आइरहेकाहरुलाई चित्त नबुझ्दो गुनासो सुनाइमा आए पनि जिल्ला मूल्याङकनको आधारमा आर्थिक पारदर्शीता गर्दै आएको यस संघ जिल्ला मध्यैकै सक्रिय रहँदै आएको अध्यक्ष चेम्जोङको भनाइ छ ।
चुलाचुली गाउँपालिका वडा नं. १ मा मञ्जु खनालको अध्यक्षमा ११ सदस्यीय , वडा नं. २ स्रन्तोस चौहान अध्यक्षमा ९ सदस्यीय, वडा नं ३ मा खड्ग खालिङ अध्यक्षमा ९, वडा नं. ४ मा धनप्रसाद भट्टराई अध्यक्षमा ९, वडा नं. ५ सरस्वती तामाङ अध्यक्षमा ७ र वडा नं. ६ असोक खपाङगी अध्यक्षमा ९ सदस्यीय समिति गठन भएको छ ।