स्वास्थ्य सम्बन्धी सचेतना गोष्ठी

युद्धबहादुर बोहोरा

फाकफोकथुम : पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ मा स्वास्थ्य सचेतना गोष्ठी सप्पन्न भएको छ ।

बालबालिकालाई पोषणयुक्त आहारा खुवाउने, सरसफाई रहने, शुद्ध पिउने पानीको प्रयोग गर्ने, झाडापखाला, भाइरल ज्वरो आदिबाट सावधानी रहन सचेत गराइएको थियो । कार्यक्रम मार्फत चेतनाको अभावमा कसैको अकालमा ज्यान जानबाट बच्न सबैले सरसहयोग गर्न आग्रह गरिएको छ ।

विशेष गरी गर्भवती महिलाको हेरचाह र संरक्षण, परिवारको भूमिकाको बारे प्रशिक्षण भएको वडा नागरिक मञ्‍चका संयोजक पन्चबहादुर चेम्जोङले जानकारी दिए ।

सेकगुरी नागरिक सचेतना केन्द्रले आयोजना गरेको गोष्ठीमा फाक्तेप स्वास्थ चौकी इन्चार्ज गोविन्द दुलालले प्रशिक्षण दिएका थिए । केन्द्रका अध्यक्ष सुनिता चेम्जोङको अध्यक्षतामा कार्यक्रम भएको र प्रमुख अतिथि सामाजिक परिचालक शहरबहादुर चेम्जोङको उपस्थिति थियो ।

वडा नागरिक मञ्चका अध्यक्ष पन्चबहादुर चेम्जोङले कार्यक्रम संचालन गरेका थिए । गोष्ठीमा ५० भन्दा बढीको उपस्थिति थियो । सहभागीमध्ये गर्भवती र गृहणी महिलाहरुको बढी सहभागिता भएको चेम्जोङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार