लडेर सशस्‍त्र प्रहरी नायव निरीक्षको मृत्यु

भोजपुर : भोजपुरमा भिरबाट लडेर सशस्त्र प्रहरी नायव निरीक्षकको ज्यान गएको छ । जिल्लाको दक्षिणी यूँको सशस्त्र प्रहरी वेस क्याम्पमा कार्यरत मोरङ्गको उर्लावारी घर भएका ३९ वर्षिय मनकुमार श्रेष्ठको ज्यान गएको हो ।

ड्युटीको सिलसिलामा यूँ वेस क्याम्पबाट सदरमुकामको टक्सार गुल्म आउने क्रममा रामप्रसाद राई गाउँपालिका– ५ मानेडाँडामा भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार वेहेरे खोला नजिकैको १५ मिटर भिरबाट लड्दा उनको घटना स्थलमै ज्यान भएको हो । श्रेष्ठको तेह्रथुम जिल्लाको म्याङ्लुङमा दरवन्दी रहेको थियो । मृतकको सवलाई पोष्ट मार्टमको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको  जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर खेम नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार