काठमाडौँ : अठतीसौैँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य तय (नारा) गरिएको छ ।
आज बसेको दिवस मूल समारोह समितिको बैठकले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ आदर्श वाक्य तय गरिएको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती शर्माले जानकारी दिए।
दिवस मनाउनका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । आव २०७३÷७४ सम्ममा प्रौढ साक्षरता ८० र १५ देखि ५९ वर्षसम्म ८९ प्रतिशत साक्षरता रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यही भदौ २३ गते उक्त दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।