भारतमा स्वाइन फ्लुले मर्ने हजार नाघे

बीबीसी

नयाँ दिल्ली : भारतमा स्वाइन फ्लुका कारण ८ महिनामा १ हजार ९४ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत तीन सातामा मात्रै भारतमा ३ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् ।

सन् २०१६ को तुलनामा यो संख्या तीनगुणा बढी भएको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिवेदनअुनसार हालसम्म २२ हजार १ सय ८६ जना स्वाइन फ्लु संक्रमित छन् । पश्चिम राज्य महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै ८ महिनामा ४ सय ३७ को मृत्यु भएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार गुजरातमा ४ सय ३७ को ज्यान गइसकेको छ ।

भारतमा स्वाइन फ्लुको प्रकोपका कारण सन् २००९ र २०१० मा २ हजार ७ सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने ५० हजार जना संक्रमित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार