नयाँ बुलन्द
इलाम : विश्व साइकल यात्री पुस्कर शाहलाई इलाममा सम्मान गरिएको छ । इलाम नगरपालिका वडा नम्वर ७ ले शाहलाई सम्मान गरेको हो ।
शाहलाई वडा अध्यक्ष नरेश श्रेष्ठले फूलमाला सहित अविर र खादा ओडाएर सम्मान गरे । शाससँगै इलामका साइकलयात्री दिपेश श्रेष्ठ, सोनाम शेर्पा र पप्पु शिवालाई पनि समन गरिएको छ ।
इलाम सहित देशकै पर्यटन प्रवद्र्धनमा लागि सहयोग गरेको भन्दै शाहलाई सम्मान गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । देशकै एक नमुना पर्यटकीय स्थलका रुपमा रहेको इलामलाई पर्यटकीय गन्तव्यको प्रसार गर्न समेत श्रेष्ठले आग्रह गरे ।
साइकल यात्री शाहले आफू पर्यटक भित्रियाउन अभियान सहित लागि परेको बताए । ‘अवको पर्यटन साइकल पर्यटन’ भन्ने मूल नारा सहित आफू नेपालका कुना कुनामा पर्यटन प्रवद्धनमा जोड दिँदै पुग्ने शाहले प्रतिवद्धता जनाए ।
विश्वका एक सय ५० बढि देशहरुमा साइकल सहित पुगेको बताउने शाहले हालसम्म नेपालमा उत्पादन मुलक वस्तु मात्र बेच्ने गरेको तर नेपालको सुन्दरतालाई बेच्न नसकेको बताए । उनले गाडी नपुग्ने ठाउँहरुमा साइकलबाट समेत पुग्न सक्ने सन्देश छर्न आफू पर्यटकिय गन्तब्यहरुमा पुग्ने गरेको शाहको भनाई थियो ।