डिएस्पीलाई पोखरेललाई सम्मान

कृष्ण ओझा

पाँचथर : पाँचथर जिल्लामा सुरक्षा प्रदान लगायत सामाजिक कार्यमा योगदान दिएको भन्दै डिएस्पी नकुल पोखरेललाई नागरीकहरुले सम्मान दिएका छन् ।

मंगलबार जिल्लास्थीत नौ संघ सस्थाहरुले एक सम्मानसमारोह गरेका हून । पोखरेलले शान्तिसूरक्षामात्र सिमीत नभई बिकृति र बिगतिको कानूनी दायरामा ल्याइ सभ्य समाज निमार्णमा निरन्तर लागी परेका थिए । गाउँतहका बिपन्न असक्त असहाय परिवारलाई संस्थागत र ब्यक्तिगत आर्थिक सहयोग गरी प्रत्यक्ष सेवा प्रदान गरेका थिए ।

डिएस्पी नकूल पोखरेल लाई जिल्लाका नौ सस्थाहरुले सामुहिक बिदाइ तथा सम्मान गरेका जनाइएको छ । पोखरेल २०७३ भदौमा पाँचथर सरुवा भई कूसल सेवा प्रभा पस्चात ललितपूर काठमाण्डौ सरुवा भएका छन् । जनसेवा समाज पाँचथरको समायोजनमा ९ सस्थाहरुले सामूहिक बिदाई तथा सम्मान गरेको समाजका राजेन्द्र अधिकारीले जनाए ।

अधिकारीको अध्यक्षतामा भएको समारोहमा ,सहयोगी सस्था आँखा, आदर्शसमाज, अलैचि महासंघ, अपाङ सेवासमाज, हाम्रो थ्रेटर नेपाल, बिगएसोसिएसन कम्यूनिकेसन, सद्धि पोखरी सेवा सदन , कमप्यूटर एसोसिएसन, तथा उद्योगबाणिज्यसंघ लगायतले भब्य सम्मान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार