पाँचथरमा १० हजार मतदाता थपिए

कष्ण ओझा

पाँचथर : पाँचथरमा १० हजार बढी मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार १० हजार ८ सय २९ जना मतदाता थपिएका हुन् । जसमध्ये ५ हजार एक सय ४६ जना महिला र ५ हजार ६ सय ८३  जना पुरुष रहेका छन् ।

मतदाता साउन ३ देखि भदौ ३ गतेसम्म र स्थानीय  तहमा साउन १६ सम्म नामावली संकलन अध्यावधिक र त्रूटि सच्याउने तथा नामावली सार्ने कार्य भएको थियो । एक नगरपालिका र ७ गाउपालिका समेत ८ स्थानीय तहमा कार्यालय मार्फत फोटोसहितको मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालयका अधिकृत ध्रुवकुमार राईले बताए ।

अर्को सूचना जारी नभए सम्मका लागी नामावली संकलन तथा ध्यावधिक कार्य सथगित गरिएको उनले बताए । नामावली सच्याउन र छुटमा प्रकृया पूरा गर्न मतदाताहरु कार्यालयमा भिडलागेको थियो । प्रहरीले समेत सिटीसमेत फूकेर पालै पालो लाइनमा सहजीकरण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार