प्रतियोगितामा इलामको तस्विर प्रथम

युनिसेफ नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा माया विधाबाट प्रथम पुरस्कार पाएको तस्विर ।

नयाँ बुलन्द

इलाम : युनिसेफ नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा इलाममा खिचिएको तस्विर प्रथम भएको छ ।

इलामको सन्दकपुर गाउँपालिकाका स्थानीय दावाग्याल्जे शेर्पाले आफ्नौ २ वर्षको छोरालाई गमबुट लगाईदिदै गरेको तस्विरले प्रथम पुरस्कार जितेको हो । चिसो तापक्रममा बाबुले आफ्नो बच्चालाई न्यानो राख्न गरेको प्रयास तस्विरमा झल्किएको छ ।

तस्विर फोटोग्राफर सुदिप श्रेष्ठले खिचेका हुन् । प्रथम पुरस्कार जितेपछि प्रतिक्रिया दिदै श्रेष्ठले भने, ‘तस्विरले पुरस्कार जित्नेमा मआशावादी नै थिए, जितियो, खुसीलाग्यो ।’ उनले प्रतियोगीताको नियमअनुसार तस्विरमा भएका व्यक्तिको लिखित स्विकृति लिनुपर्ने नियमअनुसार दावाग्याल्जे शेर्पाको लिखित स्विकृति लिन वर्षाको समयमा सन्दकपुर जानुपर्दाको दुख पनि जितले भुलाएको बताए ।

श्रेष्ठले ‘माया’ विधामा पुरस्कार जितेका हुन् । प्रथम पुरस्कार स्वरुप श्रेष्ठले एक थान क्यामेरा पुरस्कार पाउँदैछन् । युनिसेफ नेपालले पोषण, माया र रमाईलापलहरु गरि तीन विधामा प्रतियोगिताको आयोजना गरेको थियो । बाबुको मुख हेर्ने दिनलाई लक्षित गरेर बुबाले आफ्ना बच्चाहरुलाई पुर्याउन सक्ने योगदानलाई विषय केन्द्रित गरि प्रतियोगिताको आयोजना गरिएको थियो ।

युनिसेफ नेपालले जीवनको सुरुवाती केही वर्षमा मस्तिस्कको विकास सबै भन्दा तीव्र गतिमा हुने र त्यतिबेला बालबालिकालाई उचित पोषण, रेखदेख र प्रशस्त माया दिन बाबुहरुको विशेष भूमिका हुने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार