अज्ञात समूहद्वारा सवारी तोडफोड 

युद्धबहादुर बोहोरा

इलाम : झापा बिर्तामोडबाट घुर्बिसे पन्चमी आएका तीन वटा ट्याक्सीमा तोडफोड भएको छ । साँझ साढे ५ बजे घुर्बिसे पञ्‍चमी नजिकै अज्ञात समूहले तोडफोड गरेका हुन् ।

मे १ ज १९७७ र मे १ ज २५५४ बोलेरो र मे १ ज ६५८ सफारीमा तोडफोड भएको हो । ट्याक्सीको बायाँतर्फ र पछाडिका सिसाहरु फुटेका छन्  । साथै सफारीका चालक हेमकुमार गुरुङको लाइसेन्स समेत हराएको छ ।

तोडफोड कर्ताहरु फरार भएका छन् । यसको कारण खुल्न नसकेको र खोजी कार्य तीब्र भएको फाक्तेप प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डिल्ली खवासले जानकारी दिए । राँके-रवि सडक खण्ड अन्तर्गत घुर्बिसे पन्चमीदेखि करिब ५ सय मिटर माथि गाडीहरु पार्किङ गरिएका थिए ।

सडक खराबीका कारण केही महिनादेखि बजारसम्म गाडी ल्याउन नसकेको चालक पन्चकुमार चेम्जोङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार