नरेन इलामेली
माईजोगमाई : इलामको माइजोगामाई गाउँपालिकावासीहरु पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।माइजोगामाई गाउँपालिका स्थित नामसालिङ्गका किसानहरु यतिबेला अकबरे खोर्सानीबाट लाखौँ रुपैयाको आम्दानी गरिरहेका छन् ।
अकबरे बाट मात्रै बार्षिक कम्तिमा ५० हजार देखि तीन लाख सम्म आम्दानी हुने गरेको व्यवसायिक तरकारी किसान अविनारायण चौलागाईंले बताए । अकबरेको माग बजारमा एकदमै राम्रो भएको र मुल्य पनि राम्रो भएकाले व्यापारीहरु घरघरै आएर अकबरे खरिद गर्ने गरेको बताए । अकबरेको मुल्य अहिले प्रतिकेजि २५० रुपैयाँ छ । जिल्ला भित्रका नयाँबजार फिक्कल इलाम लगायत झापाका बिभिन्न बजारहरुमा खुर्सानी बिक्रि हुदै आएको स्थानिय एक व्यापारीले बताए ।
नामसालिङ्गका प्रायः सबै घरमा अकबरे साथै इस्कुस करेला काँक्रा टमाटर जस्ता अन्य विभिन्न तरकारी खेती गर्न थालिएको छ । कसै कसैले केही वर्षयता व्यवसायिक रुपमै तरकारी खेति गर्दै आएका छन् ।
इलामको माइजोगामाई गाउँपालिकाबाट दैनिक लाखौ रुपैयाँको तरकारी निकासी हुँदै आएको छ । व्यवसायिक तरकारी खेतिबाट मनग्य आम्दानी हुन थालेपछि
स्थानीयको जीवनस्तर समेत मजबुत बन्दै गएको छ । तर वर्षाको समयमा बाटो बिग्रिदा यातायातका साधन चल्न नसक्ने समस्याका कारण धेरै उत्पादित तरकारी बारीमै नष्टहुने समस्या छ ।