कृष्ण ओेझा
पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो जादा २ जना को मृत्यू र २ जना बेपत्ता भएका छन । एक साता अघी पहिरो गएको हो ।
पहिरोले ४० परिवार विस्थापित भएका छन् । उनीहरु आफन्त र छिमेकीको सरण बसेका छन । सो पालिकाका वडा नम्बर १,२, ३ र ४ बिस्थापित भएका हुन । प्रहरीले निकालेको डाटा रहेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खडकाले जनाए ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले मृत परिवारलाई १ लाख राहात दिने निर्णय गरेको छ । प्रतेक बिस्थापीत परिवारलाई १० हजारका दरले राहात रकम समेत दिने निर्णय भएको हो । उद्धार समितिले फिदिम बजारमा राहात रकम संकलन गरेको छ । संकलित १ लाख ३२ हजार रकम बाट बिस्थापीत परिवारलाई थप दूई हजार दिने जनाईएको छ ।
राहत वितरणका लागी प्रहरी, ससस्त्र, सेना , साहायक प्रजिअ कृष्ण बस्नेतको नेतृत्वमा खटिएको छ । नेपाली काँग्रेसले पनी रहात संकलन सुरु गरेको छ । काँग्रेसले दैबि प्रकोप राहातका लागी पाटीको बैक खातामा पाटीका शुभचिन्तक, कार्यर्ताहरुले सकेको रकम जम्मा गर्ने र पीडिहरुलाई राहात वितरण गर्ने जनाएको छ । राहतका लागी कूनै पनी ब्यानरमा रकम संकलन नगर्ने यूवा नेता बाल कृष्ण ओझाले बताए ।
जिल्लामा आफ्नै तबरले अन्य संसगठन र सामाजीक सस्थाहरुले पनी राहात संकलन गर्ने तयारी गरीरहेको पाईएको छ ।