पत्रकार धर्म गौतम पुरस्कृत

नयाँ बुलन्द

इलाम : ‘श्यामकृष्ण उपाध्यय स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पुराना पत्रकार धर्म गौतम पुरस्कृत भएका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ‘श्यामकृष्ण उपाध्यय स्मृति पुरस्कार गुठी’ ले नगद ११ हजार एक सय ११ रुपैयाँको पुरस्कार सहित गौतमलाई पुरस्कृत गरेको हो ।

गौतम तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी नेपाल पत्रकार महासंघ इलाम–पाँचथर संयुक्त शाखाका संस्थापक सभापति समेत हुन् ।

यसअघि यो पुरस्कार झापाका पत्रकार गोविन्द क्षेत्री र मदन ढकाल, सुनसरीका गिरीराज आचार्य, सप्तरीका शिवहरी भट्टराई सहित १३ जनाले प्राप्त गरिसकेका छन् ।

पत्रकार उपाध्ययको निधनपछि छोरी आभाकुमारी उपाध्ययले सो पुरस्कार गुठीको स्थापना गरेकी हुन् ।

१९८६ मा जन्मिएका उपाध्यायले आलोक र केटो साप्ताहिक लगायत विभिन्न पत्रिकाको सम्पादक तथा विभिन्न तहमा रहेर काम गरेका थिए । उपाध्यायको १७ चैत २०४६ मा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार