काठमाडौं : पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् ।
नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।
उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बिहान ४ः३० बजे सैनिक प्युठ लोहारले गोली प्रहार गरेर आफ्नै सहकर्मीको हत्या गरेको पुष्टि गरे पनि हत्याको कारण नखुलेको जनाएको छ ।
प्रहरीले यसमाथि थप अनुसन्धान भइरहेकोसमेत जनाएको छ ।