नयाँ बुलन्द
इलाम : जिल्ला समन्वय समिति इलामको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गणेशप्रसाद बराल र उपप्रमुखमा सचत्रकला बराईली निर्वाचित भएका छन् । बरालले नेपाली कांग्रेसका उम्मेद्वार केशव खत्रीलाई र बराइली काँग्रेसकी वसन्ती घतानीलाई पराजित गर्दै विजयी बनेका हुन् ।
त्यसैगरी जिससका सदस्यहरुमा पूर्णबहादुर बस्नेत, चन्द्रबहादुर मगर, निरूमाया राई, उमाकान्त विश्वकर्मा, रत्नबहादुर अधिकारी, ज्याजिमा तामाङ र हेमकला बस्नेत निर्वाचित भएका छन् ।
२० मतमध्ये एमालेका सबै उम्मेद्वारले १६/१६ र काँग्रेसका उम्मेद्वारले ४/४ मत प्राप्त गरेका थिए ।