बाढीपहिरोबाट हालसम्म ५८ ले ज्यान गुमाए

काठमाडौं : बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको गृह मन्त्रालयले जनाएको छ । २३ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि तराई मधेसका अधिकांश जिल्ला डुवानमा परेका छन् । सबै स्थान जलमग्न भएपछि उद्दार तथा राहतको कार्य समेत प्रभावकारी हुन सकेको छैन ।

सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् । यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

गृह मन्त्रालय अन्तरगर्तको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार ३२ जना घाइते भएका छन् । बाढी तथा पहिरोकाका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार