पाँचथर : कृषि विकास कार्यालय पाँचथरले ३ लाख बराबरको फलफूलका विरुवा वितरण गरेको छ । चालु आर्थिक वर्षमा मात्र यतिका विरुवा वितरण गरेको हो । कृषकहरूको नगदेबालीका रूपमा फलफूल खेतीतर्फ आर्कषण बढ्दै गएको छ ।
कार्यालयले असार महिनामा अलैंची र फलफूलका विरुवाहरू ३ लाख १ सय वितरण गरेको छ । नियमित कृषि प्रसार कार्यक्रमअन्तर्गत २ लाख २२ हजार अलैंची, १५ हजार ९ सुन्तला, २ हजार ८ यस आँप, २ हजार ७ सय लिची, १ हजार ५ सय कागती, ४ सय कटहर, ४ सय एभोकार्डो र ४ सय कफीका विरुवा वितरण गरेको हो ।
त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्याक्रमअन्तर्गत ६० हजार अलैंची र १ हजार सुन्तलाका विरुवा वितरण गरिएको कृषि विकास अधिकृत कमलेस तिवारीले बताएका छन् । पाँचथर जिल्लामा मात्र अलैंचीका विरुवा २ लाख ८२ हजार वितरण गरिएको अभिलेखमा उल्लेख छ । जिल्लाका फिदिम नगर पालिका, हिलिहाङ, मिक्लाजोङ, र कुम्मायक गाउँपालिकामा सुन्तलाका विरुवा वितरण गरिएको छ भने फालेलुङ, याङवरक, फाल्गुनन्द र मिक्लाजोङ धेरै अलैचिका विरुवा खपत भएको छ ।
विरुवाको माग अत्यधिक भएको कार्यालयले जनाएको छ । त्यस्तै, व्यक्तिगत तवरबाट कैयौं किसानहरूले आफंैले तयार गरेको नर्सरीका विरुवा लगाउने गरेको कार्यालयको तथ्यांक छ । व्यक्तिगत नर्सरी स्थापना गर्ने, विरुवा बिक्री गर्ने तथा आफंै विरुवा रोप्ने कृषकको संंख्या बर्सेनि बढ्दै गएको पाइन्छ । जिल्लामा स्थापना भएका विभिन्न नर्सरीहरूबाट ठूलो संख्यामा विरुवा खरिद हुन थालेका छन् ।
थाङसाङ कृषि फर्म फिदिममा विभिन्न जातका फलफूलसहित विभिन्न प्रजातिका विरुवाको नर्सरी स्थापना गरी बिक्री गर्दै आएको नर्सरी उद्योगका प्रमुख गजेन्द्र इधिंगो बताउँछन् । उनले अझ काजु, मरिच, जाइदाना, पाउलनिया, बारमासे कागती बुद्धचित्त, उन्नत केरा, रुद्राक्षको टोपीलगायत विरुवासमेत घर–घर वितरण गर्ने गरेका छन्